
जनस्वास्थ्य सरोकार, धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटा स्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन निरीक्षण गर्नु भएको छ ।
आज सरकारी अधिकारी सहित गेटा पुग्नु भएका मन्त्री बस्नेतले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधार तथा गेटा अस्पतालको अनुगमन निरीक्षण गर्नु भएको हो ।
मन्त्री बस्नेतले मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन आवश्यक रहेको बताउनुभयो । उहाँले हालै गेटामा सरकारले अस्पताल सञ्चालनमा ल्याएको र मेडिकल शिक्षा अध्ययनका लागी ३ सय शय्या बढी क्षमताको अस्पताल चाहिने बताउनुभयो ।
मन्त्री बस्नेतले गेटामा पूर्वाधारका संरचना निमार्ण भएपनि यसलाई सञ्चालनमा ल्याउन धेरै काम गर्न बाकी रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरबाटै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने सरकारी नीति रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनका लागि गेटा महत्वपूर्ण हुने बताउनुभयो ।
अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक पूर्वाधार निर्माणको अवस्था र गेटा अस्पताल लगायतका विषयमा जानकारी लिनुभयो ।
त्यसक्रममा गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले गेटामा मेडिकल कलेज राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना चाँडो गर्न आग्रह गर्नुभयो ।
वर्षौँदेखि सुदूरपश्चिमवासीले गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै आएको सन्दर्भमा सरकारले हालै गेटामा न्यूनतम उपचार सेवा दिने गरि अस्पताल सञ्चालनमा ल्याएको छ ।
हालसम्म गेटामा मेडिकल कलेजका लागि भन्दै भौतिक पूर्वाधार निमार्णमा करिब ६ अर्ब खर्च भएको छ ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२