
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त हुनुभएको छ । गत शुक्रबार कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामूहिक निर्णयअनुसार प्रा.डा. अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेनुभएका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुनुहुन्छ ।
नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्कालगायतले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

