
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन सम्बन्धि समस्या समाधान गर्न सकारात्मक रहेको जनाएको छ।
केएमसीका आवासीय चिकित्सकहरुले सोमबार आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झालाई पत्र बुझाउँदै डा. दाहालको निलम्बन तत्काल फुकुवा हुनुपर्ने र पाठ्यक्रमभन्दा बाहेकका अतिरिक्त गतिविधिहरुमा आवासीय चिकित्सकलाई प्रयोग गर्न नपाइने भन्दै दुई बुँदे माग राखेका थिए ।
विद्यार्थीहरुको माग पत्र बुझ्दै आयोगका उपाध्यक्ष प्रा.डा. झाले समस्या समाधानका लागि आयोग सकारात्मक रहेको र आवश्यक कदम चाल्ने जानकारी दिनुभएको छ ।
उहाँले डा. दाहालमाथिको निलम्बनको विषयमा काठमाडौं विश्वविद्यालयसँग छलफल गर्ने र पाठ्यक्रम बाहेकका अतिरिक्त गतिविधिका विषयमा एउटा कमिटी बनाएर निर्देशिका बनाउन आयोग सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।
केएमसीले गत बिहिबार एक सूचना जारी गर्दै डा. दाहालले रेसिडेन्ट डाक्टरले पालना गर्नु पर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको ठहर गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी एक महिनाका लागि निलम्बन गरेको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

