जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ वर्षदेखि एक जना डायटिसियनबाट मात्र काम भइरहेको छ ।

यो १००० वेडको अस्पताल हो भने १६ ओटा विभाग, आईसियू, एनआईसियूलगायतका सेवा रहेका छन् ।
जब कि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २०७५ सालमा टर्सरी लेवलका अस्पतालहरु सुधारका लागि बनेको न्युनतम सेवा मापदण्ड सम्बन्धि चेक लिष्टमा प्रत्येक अस्पतालको १०० वेड बराबर १ जना वरिष्ठ डाईटिसियन अधिकृत र १ जना डाईटिसियन सहायक हुनुपर्ने उल्लेख छ । साथै विशेष सेवा अन्तर्गत (आई.सि.यु, एन.आइ.सि.यु, नेफ्रोलोजी र हेमोडाईलाइसिस) का लागी थप एक जना हुनुपर्ने भनी प्रष्ट लेखिएको छ ।
यसैबीच प्रतिष्ठानमा डाईटिसियनको थप दरबन्दी कायम गर्न र अस्पतालको आफ्नो नियमावलीमा समेत यो बिषयलाई प्राथमिकता सहित समावेस गराउन नेपाल डाईटिसियन संघले रजिष्टार सुर्य प्रसाद संग्रौला समक्ष ज्ञापन पत्र बुझाएको छ ।
संघका सचिव मिलन ढकाल र संयोजक मोदनाथ पौडेलद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा स्वास्थ्य मन्त्रालय र धरान उपमहानगरपालिकालाई समेत बोधार्थ दिइएको छ ।
संयोजक पौडेलले पूर्वको गरिमामय इतिहास बोकेको प्रतिष्ठानमा बिगत २५ वर्ष अगाडिदेखि १ डाईटिसियनको दरबन्दीबाट मात्रै काम भइरहेको थाहा पाउँदा दुःख लागेको बताउनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
