जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ वर्षदेखि एक जना डायटिसियनबाट मात्र काम भइरहेको छ ।

यो १००० वेडको अस्पताल हो भने १६ ओटा विभाग, आईसियू, एनआईसियूलगायतका सेवा रहेका छन् ।
जब कि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २०७५ सालमा टर्सरी लेवलका अस्पतालहरु सुधारका लागि बनेको न्युनतम सेवा मापदण्ड सम्बन्धि चेक लिष्टमा प्रत्येक अस्पतालको १०० वेड बराबर १ जना वरिष्ठ डाईटिसियन अधिकृत र १ जना डाईटिसियन सहायक हुनुपर्ने उल्लेख छ । साथै विशेष सेवा अन्तर्गत (आई.सि.यु, एन.आइ.सि.यु, नेफ्रोलोजी र हेमोडाईलाइसिस) का लागी थप एक जना हुनुपर्ने भनी प्रष्ट लेखिएको छ ।
यसैबीच प्रतिष्ठानमा डाईटिसियनको थप दरबन्दी कायम गर्न र अस्पतालको आफ्नो नियमावलीमा समेत यो बिषयलाई प्राथमिकता सहित समावेस गराउन नेपाल डाईटिसियन संघले रजिष्टार सुर्य प्रसाद संग्रौला समक्ष ज्ञापन पत्र बुझाएको छ ।
संघका सचिव मिलन ढकाल र संयोजक मोदनाथ पौडेलद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा स्वास्थ्य मन्त्रालय र धरान उपमहानगरपालिकालाई समेत बोधार्थ दिइएको छ ।
संयोजक पौडेलले पूर्वको गरिमामय इतिहास बोकेको प्रतिष्ठानमा बिगत २५ वर्ष अगाडिदेखि १ डाईटिसियनको दरबन्दीबाट मात्रै काम भइरहेको थाहा पाउँदा दुःख लागेको बताउनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
