
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पताल परिसरमा एडुरोमको इन्टरनेट सेवा विस्तार भएको छ । सीमित क्षेत्रमा मात्र उपलब्ध सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) ले विस्तार गरेको हो ।
यो सँगै एडुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु विर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ । यससँगै वीर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरु एडुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देश वाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्क रुपमा इन्टरनेटमा पहुँच स्थापति हुने भएको छ ।
एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्था बाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् ।
हाल १०० भन्दा बढी देशको सङ्घसंस्थाहरूमा एडुरोम सञ्चालनमा आइसकेको छ । नेपालमा समेत एनआरईएनले आठ वटा विश्वविद्यालय र थप ३० वटा शैक्षिक तथा अनुसन्धान संस्थामा एडुरोम स्थापित गरिसकेको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
