
जनस्वास्थ्य सरोकार, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन १ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका हुन् ।
मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएको छ । यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ
१

