
जनस्वास्थ्य सरोकार, डडेल्धुरा । मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको छ । रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिनुभयो ।
रेडियोलोष्टि यहाँबाट सरुवा भई गएपछि सीटी स्क्यान सेवा बन्द भएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाउनुभएको थियो । उहाँले १६ महिना काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘छात्रवृत्तिमा अध्ययन गरेकाले कम्तिमा एक वर्ष दुर्गममा काम गर्नुपर्ने प्रावधान छ ।’’ उहाँले करिब डेढ वर्ष काम गर्नुभयो र यहाँबाट सरुवा माग्नुभयो ।
उहाँ गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य बाहिरि जिल्ला जान बाध्य भएका छन् । गत वर्ष सीटी स्क्यान सेवा सञ्चालनमा हुँदा ८०० बिरामीलाई सीटी स्क्यान सेवा दिएको उहाँले बताउनुभयो ।
सीटी स्क्यानसँगै विगतमा सुरुवात गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएको उहाँले बताउनुभयो । जनशक्ति नहुदा प्याथोलोजी सेवा पनि बन्द भएको उहाँले बताउनुभयो ।
मिसन अस्पताल र जिल्ला अस्पताल गाभिएर २०७० सालमा उपक्षेत्रिय अस्पताल हुँदै सङ्घीय अस्पतालका रुपमा घोषणा गरिए पनि अस्पतालमा जसिल्यै जनशक्तिको अभाव रहने गरेको छ । तत्कालीन अवस्थामा एक सय शय्याको अस्पताल बनाई १०९ जन चिकित्सक, स्वाथ्यकर्मी र प्रशासनिक कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो ।
१४ वटा विभाग बनाई २१ जना कन्सल्टेन्ट डक्टरको दरबन्दि रहने गरी उपक्षेत्रीय अस्पताल सञ्चालन गरिएको थियो । तर दुर्भाग्य अस्पतालले अहिलेसम्म उपक्षेत्रीय अस्पतालको दरबन्दी पाउन सकेको छैन । विषय विशेषज्ञ चिकित्सक नहुँदा यहाँका बिरामीलाई सेवा दिन नसकिएको निमित्त मेसु डा. गुप्ताले बताउनुभयो ।
अस्पतालमा हाल स्थायी र अस्थायी करारका गरी दुई सय कर्मचारीहरु रहेको उहाँले जानकारी दिनुभयो । छात्रवृत्ति करारका ६ जना कन्सल्टेन्ट डक्टरसहित एक आफु रहेको उहाँले बताउनुभयो । ६० जना नर्स छन् । उहाँले भन्नुभयो, ‘‘अहिले पाँच बेडको इमरजेन्सी सेवा दिँदै आएका छौं । ओपिडीमा जनरल र विशेषज्ञ सेवा दिँदै आएका छौं । पेडाटिक मेडिसिन, सर्जरी, अर्थाेपेडिक सेवा ओपिडीमा दिइरहेको उहाँले बताउनुभयो ।
पाँच बेडको आइसियु पनि सञ्चालनमा रहेको उहाँले बताउनुभयो । निदानात्मक सेवामा कल्चरदेखि रुटिन लाईब्रेटी सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । हाल सुचारु रहेका सेवाहरु बाट वार्षिक ४० हजार बिरामीको उपचार हुने गरेको गोरखापत्रअनलाइनमा पुष्कर भण्डारीले समाचार लेख्नुभएको छ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
