जनस्वास्थ्य सरोकार, सुर्खेत। कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये २१ प्रतिशत १९ वर्षमुनिका बालिका रहेको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको छ ।

स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका बाल विवाह गरेर गर्भवती हुने गरेको उल्लेख छ ।
यसैगरी दलित समुदायमा सबैभन्दा बढी बाल विवाह हुने गरेको छ । जसमा धेरै बादी समुदाय, त्यसपछि बाहुन, क्षेत्री र जनजाति रहेको बाल अधिकारकर्मी चेतन गिरीले बताउनुभएको छ । यसका लागि प्रदेश, स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी भएको उहाँले जानकारी गराउनुुभयो ।
बाल विवाह नरोकिनुमा सरकारी निकायबाट कानुनको प्रभावकारी कार्यान्वयन नगर्नु नै मुख्य कारण रहेको छ । सरकारी निकायले बाल विवाहको उजुरी दर्ता गर्ने, आवश्यक अनुसन्धान गर्ने, अभियोजन गर्ने र दोषीलाई दण्डित गर्ने काम हुन सकेको छैन । नदेखासिकी, बालमैत्री वातावरणको कमी, अशिक्षा, सामाजिक सञ्जालको नकारात्मक प्रभाव पनि यसका कारक तत्व मानिन्छ ।
बाल विवाहले मातृ मृत्यु र शिशु मृत्युदर बढाउने, पारिवारिक द्वन्द्व, सम्बन्ध विच्छेद, बहुविवाहदेखि आत्महत्यासम्मका घटना देखिने गरेका छन् । कर्णाली प्रदेशमा बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रम ल्याएको भए पनि दुई वर्षदेखि बजेट अभावमा रोकिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

