जनस्वास्थ्य सरोकार, सुर्खेत। कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये २१ प्रतिशत १९ वर्षमुनिका बालिका रहेको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको छ ।

स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका बाल विवाह गरेर गर्भवती हुने गरेको उल्लेख छ ।
यसैगरी दलित समुदायमा सबैभन्दा बढी बाल विवाह हुने गरेको छ । जसमा धेरै बादी समुदाय, त्यसपछि बाहुन, क्षेत्री र जनजाति रहेको बाल अधिकारकर्मी चेतन गिरीले बताउनुभएको छ । यसका लागि प्रदेश, स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी भएको उहाँले जानकारी गराउनुुभयो ।
बाल विवाह नरोकिनुमा सरकारी निकायबाट कानुनको प्रभावकारी कार्यान्वयन नगर्नु नै मुख्य कारण रहेको छ । सरकारी निकायले बाल विवाहको उजुरी दर्ता गर्ने, आवश्यक अनुसन्धान गर्ने, अभियोजन गर्ने र दोषीलाई दण्डित गर्ने काम हुन सकेको छैन । नदेखासिकी, बालमैत्री वातावरणको कमी, अशिक्षा, सामाजिक सञ्जालको नकारात्मक प्रभाव पनि यसका कारक तत्व मानिन्छ ।
बाल विवाहले मातृ मृत्यु र शिशु मृत्युदर बढाउने, पारिवारिक द्वन्द्व, सम्बन्ध विच्छेद, बहुविवाहदेखि आत्महत्यासम्मका घटना देखिने गरेका छन् । कर्णाली प्रदेशमा बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रम ल्याएको भए पनि दुई वर्षदेखि बजेट अभावमा रोकिएको छ ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२