
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौं विश्वविद्यालय (केयू) ले आवासीय चिकित्सक डा. विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा. दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएपछि आवासीय चिकित्सकहरु नाराबाजी गर्दै सडकमा उत्रिएका हुन् ।
डा. दाहाललाई केएमसी परिसर भित्र छिर्न खोज्दा मुल गेटमा रहेका अस्पतालका सुरक्षाकर्मीले रोकेका थिए । सो क्रममा आवासीय चिकित्सक र सुरक्षाकर्मीबीच सामान्य झडप भएको थियो ।
‘‘भित्र छिर्न खोज्दा सामान्य झडपको अवस्था बन्यो । अहिले हामी सडकमा आन्दोलन गरिरहेका छौँ,’–डा. दाहालले भन्नुभयो ।

कलेज प्रशासनले एक विज्ञप्तिमार्फत डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो । तर केयुले भने डा. दाहालको निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो ।
उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने निर्णय लिन उपयुक्त हुने भन्दै केयूले हाललाई डा. दाहाललाई निलम्बन स्थगित गर्न भनेको छ ।
निलम्बनको विरोधमा डा. दाहालसहित पीजी तह पहिलो र दोस्रो वर्षका झन्डै ८० आवासीय चिकित्सक आन्दोलित छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
