जनस्वास्थ्य सरोकार, काठमाडौँ। कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताउनुभयो ।

“अहिले कोरोना भाइरसको सङ्क्रमण छैन । त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपकरण दिएका थिए”, उहाँले भन्नुभयो, “अहिले बिरामी नभएर र भौतिक संरचनाको नभएकाले उपकरण त्यत्तिकै थन्किएका छन् ।” उहाँका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरीकन उपलब्ध गराएका थिए ।
महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको बताउनुभयो । उहाँका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेशन प्रयोग नै नभई थन्किएका छन् ।
कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए । महाशाखाका निर्देशक डा.शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताउनुभयो । प्रयोग नै नभई थन्किएका उपकरणलाई अन्यत्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
