नेभिगेशन

क्रिटिकल केयर नर्सेस एसोसिएसनको अध्यक्षमा बरुणा पौडेल निर्वाचित

नेपाल हेल्थ न्युज, काठमाडौं । क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपाल (सीसीएनएएन) को अध्यक्षमा बरुणा पौडेल निर्वाचित हुनुभएको छ।

पौडेलको नेतृत्वमा गठित ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रभा गौतम, महासचिवमा समिना अमात्य, सहसचिवमा मेनुका कार्की, कोषाध्यक्षमा गायत्री पौडेल र सहकोषाध्यक्षमा निशा भण्डारी चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा रोशनी श्रेष्ठ, सबिता कार्की, एलिसा गुभाजु र बिना भट्टराई निर्वाचित हुनुभएको छ। दुई वर्षे कार्यकाल रहने नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छ।

२९ वर्षदेखि नर्सिङ पेसामा सक्रिय पौडेल हाल मणिपाल कलेज अफ मेडिकल साइन्ससेसमा नर्सिङ निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले यसअघि नेपाली सेना, नेपाल मेडिसिटी र ह्याम्स अस्पतालमा समेत काम गरिसक्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष