
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल चिकित्सक संघले केएमसी अस्पतालले निलम्बन गरेका चिकित्सकको न्यायको माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले घटनाको सत्यतथ्य छानबिन गरी निलम्बित चिकित्सकलाई न्याय दिलाउन माग गरेको हो ।
“स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधिबाहेक पीडादायी रूपमा स्वास्थ्य शिविरमा मात्रै खटाउनु चिकित्सा शिक्षा आयोगको नियमविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ ।
अनावश्यक शिविरमा सहभागी नहुने आवसीय चिकित्सकको प्रतिक्रियामा अस्पतालले कुनै स्पष्टीकरण समेत नलिई निलम्बन गरिएको भन्दै संघले आपत्ति जनाएको छ ।
काठमाडौंको सिनामंगलस्थित केएमसीमा पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहाललाई अनुशासन उल्लंघन गरेको आरोपमा कलेजले यही पुस १२ गते एक महिनाका निम्ति निलम्बन गरेको थियो । काठमाडौं विश्वविद्यालयले तत्काल निलम्बन नगर्न पत्राचार गरे पनि अस्पतालले उनलाई काममा फर्कन दिएको छैन । यही कारण केएमसीमा आवासीय चिकित्सक आन्दोलनरत छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
