
जनस्वास्थ्य सरोकार, नवलपरासी । सडकमा भौतारिरहने छाडा भुस्याहा कुकुरको टोकाईबाट स्थानीय त्रसित भएका छन् ।अस्पतालमा कुकुरले टोकेर रेबिजविरुद्धको उपचार आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
यसको नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूले वास्ता नगर्दा सर्वसाधारणहरू बाहिर हिँडडुल गर्दा समेत त्रसित हुनुपरेको स्थानीयको गुनासो छ। हरेक दिनजसो भुस्याहा कुकुरले टोकेका १५ जनाको हाराहारीमा अस्पताल जानू परेको छ ।
परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मात्र दैनिक १५ देखि १६ जना कुकुरले टोकेका सर्वसाधारणहरू आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेले जानकारी दिनुभयो । कुकुरले टोकेका सर्वसाधारणको सङ्ख्या बढेपछि अस्पतालमा रेबिजविरुद्धको औषधि अभाव समेत भएको थियो ।
निःशुल्क रुपमा औषधि नपाइएपछि सर्वसाधारणले महँगोमा औषधि किनेर लगाउँदै आएकोमा दुई दिनअघि मात्र प्रदेश सरकारले पठाएको औषधि आएकाले अहिले निःशुल्क उपलब्ध गराइँदै आइएको डा. पाण्डेले बताउनुभयो ।
“अहिले एक सय एम्पुल आएको छ । बिरामीको सङ्ख्या बढ्ने हो भने यसले पनि दुई तीन दिन भन्दा धान्न सक्दैन थप औषधि चाहिन्छ” पाण्डेले भन्नूभयो ।
भुस्याहा कुकुरको बिगबिगी बढेपनि रेस्क्युटिम नहुँदा नियन्त्रणमा समस्या भएको रामग्राम नगरपालिकाका कार्यवाहक नगर प्रमुख सम्झना चौधरीले बताउनुभयो । यद्यपि नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दै जाँदा स्थानीय तहलाई नियन्त्रणको चुनौती थपिएको मुक्ति तिवारीले गोरखापत्रअनलाइनमा समाचार लेख्नुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

