
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी काउन्सिलबाट बिदाबारी हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार डा. अधिकारीसहित अन्य सदस्यहरुको पदावधि समाप्त भएको व्यहोराहितको पत्र पठाएपछि शुक्रबार काउन्सिलबाट बिदाबारी हुनुभएको हो ।
उहाँले काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाललाई पद छाडेको पत्र बुझाएर जिम्मेवारीबाट बाहिरिएको घोषणा गर्नुभयो ।
मन्त्रालयले पठाएको पत्रमा मन्त्रिपरिषद्बाट नियुक्त भएका डा. अधिकारी लगायत सबै सदस्यको पद चार वर्षका लागि भएको उल्लेख गरेको छ ।
डा अधिकारीलाई मन्त्रिपरिषद्ले २०७६ पुस ७ गते काउन्सिलको रजिष्ट्रारमा नियुक्त गरेको थियो। तर डा अधिकारीले भने आफू नियुक्त हुँदा चारवर्षको पदावधि हुने उल्लेख नभएको भन्दै कार्यकालको ४ वर्ष पुरा भएपनि पद छाड्नुभएको थिएन ।
उहाँले भन्नुभयो–‘नियुक्ति पत्रमा ४ वर्षको कार्यकाल हुने भनेर उल्लेख गरिएको थिएन । हिजो मन्त्रालयबाट कार्यकाल सकिएको पत्र आएपछि आज काउन्सिलबाट बिदाबारी भएँ ।’

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२