
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी काउन्सिलबाट बिदाबारी हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार डा. अधिकारीसहित अन्य सदस्यहरुको पदावधि समाप्त भएको व्यहोराहितको पत्र पठाएपछि शुक्रबार काउन्सिलबाट बिदाबारी हुनुभएको हो ।
उहाँले काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाललाई पद छाडेको पत्र बुझाएर जिम्मेवारीबाट बाहिरिएको घोषणा गर्नुभयो ।
मन्त्रालयले पठाएको पत्रमा मन्त्रिपरिषद्बाट नियुक्त भएका डा. अधिकारी लगायत सबै सदस्यको पद चार वर्षका लागि भएको उल्लेख गरेको छ ।
डा अधिकारीलाई मन्त्रिपरिषद्ले २०७६ पुस ७ गते काउन्सिलको रजिष्ट्रारमा नियुक्त गरेको थियो। तर डा अधिकारीले भने आफू नियुक्त हुँदा चारवर्षको पदावधि हुने उल्लेख नभएको भन्दै कार्यकालको ४ वर्ष पुरा भएपनि पद छाड्नुभएको थिएन ।
उहाँले भन्नुभयो–‘नियुक्ति पत्रमा ४ वर्षको कार्यकाल हुने भनेर उल्लेख गरिएको थिएन । हिजो मन्त्रालयबाट कार्यकाल सकिएको पत्र आएपछि आज काउन्सिलबाट बिदाबारी भएँ ।’
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

