
जनस्वास्थ्य सरोकार, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ । आज पुनः बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर शुक्रवार प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीको गोली लागेर बरहथवा–६ का एक निर्दोष युवा जयशंकर साहको ज्यान गएपछि शुक्रवार कर्फ्यु आदेश जारी गरिएको थियो आज पुनः जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु आदेश जारी गरेको छ ।
बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ती सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्य नजर गरि पुनः कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कर्फ्यु आज दिउसो पौने १ बजे देखि भोली सोमवार बिहान ८ बजे सम जारी गरिएको छ ।
कर्फ्यु आदेश उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने भनिए पनि बरहथवामा अहिले भने कर्फ्यु आदेश उल्लङ्घन गरेर प्रदर्शनकारी आन्दोलन गरिरहेका छन् ।
मृतक साहको शव अहिलेसम्म उठ्न सकेको छैन । मेयर कल्पना कुमारी कटुवालले राजीनामा सहित कारबाही हुनुपर्ने, ईलाका प्रहरी कार्यालयका डिएसपी गंगा बहादुर थापालाई निलम्बन गर्नुपर्ने, दोषीलाई हदै सम्मको कारबाही हुनुपर्ने, मृतक साहलाई शहिद घोषणा गर्नुपर्ने, ५० बेडको प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, अस्पताललाई मृतक साहको नामले नामकरण हुनुपर्ने, गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्नुपर्ने, मृतकको परिवार मध्ये एक जना सदस्यलाई सरकारी जागिर दिनुपर्ने मृतकको सालिक नेपाल बैङ्क चौकमा निर्माण हुनुपर्ने र मृतकको सालिक अस्पतालमा पनि निर्माण गर्नुपर्ने लगायत १० बुँदे माग अघि सार्दै मृतक परिवार सहित स्थानीयहरू कर्फ्यु आदेश उलङ्घन गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरू ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले केही राउन्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ।
हिजो गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न समिति गठन गर्नुका साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै प्रदर्शनलाई जारी राखेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सर्वदलीय बैठकबाट समस्याको निकास खोज्न पहल भइरहेको राकेश गुप्ताले रेडियोनेपालअनलाइनमा समाचार लेख्नुभएको छ ।
।

-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२