
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ देखिएको हो ।
मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।
संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
