
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ देखिएको हो ।
मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।
संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
