
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि केएमसी अस्पतालले लगाएको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।
मंगलबार मन्त्री राईले पत्रमार्फत् डा. दाहाल माथिको निलम्बन फिर्ता गरी पठनपाठन सुरू गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको हो ।
‘काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थीहरूलाई खटाउने कार्य गर्नू, गराउनू हुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३ (क) को उपदफा ३ बमोजिम निर्देशन दिएको छु,’ पत्रमा भनिएको छ।
हिजो सोमबार नै सम्बन्धित निकायबीच भएको छलफलमा मन्त्रालयले अस्पताललाई डा. दाहाल माथिको निलम्बन फिर्ता गर्न आग्रह गर्दै आज दिउँसो सम्मको समय दिएको थियो। तर अस्पतालबाट कुनै जवाफ नआएपछि मन्त्रालयले डा. दाहाल माथिको निलम्बन फिर्ता गर्न लिखित निर्देशन नै दिएको छ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

