
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।
एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना सङ्क्रमण बढेकाले शतर्क रहन आग्रह गर्नुभयो । गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित एक हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो ।
करिब १० करोड जनसङ्ख्या भएको देशमा दुई लाख १० हजारले मात्र कोभिड–१९ विरुद्धको खोपको पछिल्लो डोज पाएका छन् । गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ । सिन्ह्वा न्यूज/एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
