
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।
एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना सङ्क्रमण बढेकाले शतर्क रहन आग्रह गर्नुभयो । गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित एक हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो ।
करिब १० करोड जनसङ्ख्या भएको देशमा दुई लाख १० हजारले मात्र कोभिड–१९ विरुद्धको खोपको पछिल्लो डोज पाएका छन् । गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ । सिन्ह्वा न्यूज/एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२ट्रेन्डिङ
