
जनस्वास्थ्य सरोकार, दैलेख । सरकारले सञ्चालन गरेको टाइफाइड विरुद्धको खोप कार्यक्रम अन्तर्गत दैलेखमा १ लाख १४ हजार ३ सय २२ जनाले खोप लगाएका छन् ।
यही पुस ६ देखि २१ सम्म सञ्चालन गरिएको खोप अभियान अन्तर्गत ६६ हजार ७ सय ६५ जना महिला र ४७ हजार ५ सय ५७ जना पुरुष गरी १ लाख १४ हजार ३ सय २२ जनाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार टाइफाइड ९८ प्रतिशत खोपको पहुँच पुगेको छ ।
जिल्ला भरीका ४ सय २२ खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो । आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा रुवेलाका साथै टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको खोप अधिकृत रेग्मीले बताउनुभयो । रेडियोनेपाल
नर्स र स्वास्थ्यकर्मीको आन्दोलन स्थगितः पारिश्रमिक र सेवा सुविधा कार्यान्वयनमा सहमति
शुक्रबार, कात्तिक २१, २०८२
सन् २००७ पछि जन्मिएका सबैका लागि सुर्ती ‘नो एण्ट्री’
शनिबार, कात्तिक १५, २०८२
ग्रान्डी अस्पतालका नर्सहरुलाई न्यायोचित पारिश्रमिक दिने निर्णय— आन्दोलन पक्ष र प्रशासनबीच सहमति
मंगलबार, कात्तिक ११, २०८२
देशभरका नर्स आजदेखि कालोपट्टी बाँधेर काममा खटिँदै
मंगलबार, कात्तिक ४, २०८२
