
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले शुक्रबार कलेज परिसरमा धर्ना र प्रदर्शन गरेका छन् ।
कलेजमा अध्ययनर एमबीबीएस २५/२६ ब्याजका विद्यार्थीहरुले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागु गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेको स्थानीय सामाजिक अगुवा राजु सुनारले जानकारी दिनुभयो ।
‘विद्यार्थीहरुको माग भनेको मेसमा अखाद्य पदार्थ प्रयोग भएको, क्यान्टिनले उपलब्ध गराएको खाना बासी र गुणस्तरहिन भएको भन्ने छ,’ सुनारले भन्नुभयो ।
उनीहरुले गुणस्तरहिन खाना खुवाउने क्यान्टिन र मेस बन्द गर्न माग गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

