
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई दिने कार्यशाला हुने भएको छ। तिलगंगा आँखा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशाला माघ ४ र ५ गते हुने जानकारी दिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार उक्त कार्यशालामा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरु र म्याक्सिलोफेसियल सर्जनहरुको सहित १०० जनाको सहभागिता रहनेछ ।
उहाँका अनुसार कार्यक्रमको दोस्रो दिन आँखामा थाइरोइडका कारण पर्ने असरहरुबारे छलफल तथा कार्यशाला हुनेछ । उक्त छलफलमा ओकुलोफेसियल सर्जन, डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैजुको टोली विशेषज्ञ वक्ताको रुपमा रहनुहुने बताइएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा वर्षेनी ५ सय बिरामीहरु आँखाको चोटका कारण उपचार गर्न आउने गरेको प्रतिष्ठानले जनाएको छ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
