
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई दिने कार्यशाला हुने भएको छ। तिलगंगा आँखा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशाला माघ ४ र ५ गते हुने जानकारी दिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार उक्त कार्यशालामा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरु र म्याक्सिलोफेसियल सर्जनहरुको सहित १०० जनाको सहभागिता रहनेछ ।
उहाँका अनुसार कार्यक्रमको दोस्रो दिन आँखामा थाइरोइडका कारण पर्ने असरहरुबारे छलफल तथा कार्यशाला हुनेछ । उक्त छलफलमा ओकुलोफेसियल सर्जन, डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैजुको टोली विशेषज्ञ वक्ताको रुपमा रहनुहुने बताइएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा वर्षेनी ५ सय बिरामीहरु आँखाको चोटका कारण उपचार गर्न आउने गरेको प्रतिष्ठानले जनाएको छ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
