
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत पुस ११ गते डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिनुभएको थियो । मन्त्रालयकै प्रस्तावमा बुधबार मल्ललाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो।
डा. मल्ल अस्पतालमै कार्यरत मुटु रोग विशेषज्ञ हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

