
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ गायक, सङ्गीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । उहाँको सुनधारास्थित काठमाडौँ न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार बेलुका अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
योगेशको शवलाई आजै अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी पारिवारिक स्रोतले जनाएको छ ।योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।’ रेकर्ड गराएपछि उहाँ साङ्गीतिक क्षेत्रमा उदाउनुभएको थियो । त्यसपछि उहाँले एउटा नेवारी गीत पनि गाउनुभयो, ‘जीवन जिगु‘’ ।
योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत सङ्गीतमा कालजयी गीत मानिन्छ ।
उहाँका नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुनुहुन्थ्यो । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका गीत लोकप्रिय छन् ।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गर्नुभएका योगेशले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा बिताउनुभएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

