
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ गायक, सङ्गीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । उहाँको सुनधारास्थित काठमाडौँ न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार बेलुका अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
योगेशको शवलाई आजै अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी पारिवारिक स्रोतले जनाएको छ ।योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।’ रेकर्ड गराएपछि उहाँ साङ्गीतिक क्षेत्रमा उदाउनुभएको थियो । त्यसपछि उहाँले एउटा नेवारी गीत पनि गाउनुभयो, ‘जीवन जिगु‘’ ।
योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत सङ्गीतमा कालजयी गीत मानिन्छ ।
उहाँका नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुनुहुन्थ्यो । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका गीत लोकप्रिय छन् ।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गर्नुभएका योगेशले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा बिताउनुभएको थियो ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२