
जनस्वास्थ्य सरोकार, विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका विराटनगरका डा. तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गरेको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले बिहीबार डा. कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको हो ।
अदालतले शिशुका बाबु गोविन्द राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रबीरजंग राणाले जानकारी दिनुभयो ।
गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदालत गरेको थियो । मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालाशले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।
नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले पाँच लाख रुपैयाँमा शिशुको आमालाई झुक्याएर बिक्री गरेको खुलेको थियो । जिल्ला अदालतबाट डा.कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
