जनस्वास्थ्य सरोकार, रसुवा । वातावरणीय असरको मूल्याङ्कनमा पूर्वसावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ ।

ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट जीवजीवेका स्थानीयबासी प्रभावित भएका हुन् ।
उक्त कार्यालयले धारापानी रुप्सेपानी, भदौरे जीवजीवे, लोकिल खण्डअन्तर्गतको १० किमी सडकमा नयाँ माटो कटिङ तथा माल सामग्री ओसारपसारमा ठुला सवारी साधनको प्रयोग भएको छ । यसले छिनछिनमै उड्ने अत्यधिक धुलोले सडक छेउका घर तथा खानाखाने भान्छा समेत प्रभावित भएको छ । धुलोले प्रभावित भएका कारण दैनिक पानी छेपी दिने व्यवस्थाका लागि ठेकेदार कम्पनीलाई अनुरोध गरिएको जीवजीवे गैरीगाउँ निवासी गोविन्द्रप्रसाद देवकोटाले बताउनुभयो ।
काम ठाउँ–ठाउँमा भइरहेको छ । सिमेन्ट बालुवा तथा गिट्टी ढुवानीका लागि आफ्ना सवारी साधन गुडिरहने निर्माणमा संलग्न पिआर कन्स्ट्रक्सन प्रालिले जनाएको छ । आफूले काम जिम्मा लिँदा केवल सडक सुधारका कामको मात्र बोलपत्र भरेको र स्वीकृत ‘टेन्डर’ फारम मुताबिकको मात्र सडक सुधार गरिरहेकाले सडकमा पानी हाल्न नसकिने उक्त कम्पनीका प्रबन्ध निर्देशक भूपेन्द्र पौडेल बताउनुभयो ।
प्रदेश सरकारले स्वीकृत गरेको बजेट विनियोजनको अधीनमा रही सडक सुधार अघि बढाइएको र पानी हाल्ने कार्ययोजना नभएपनि धुलो न्यूनीकरण गराई वातावरण स्वच्छ राख्ने बताउँदै सडक पूर्वाधार आयोजनाका प्रमुख सुजन थापाले निर्माण कम्पनी र स्थानीय वडा कार्यालयमा समन्वय राख्ने बताउनुभयो ।
कालिका गाउँपालिकाअन्तर्गत जीवजीवेका बासिन्दा धुलोले प्रभावित भएका र कालिका गाउँपालिकाको प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष सन्दीप पौडेलसँग जिज्ञासा राख्दा सडकमा भइरहेको कामबाट निस्केको धुलोले जीवजीवे क्षेत्रको बासिन्दामाझ जनस्वास्थ्यमा निकै असर परेका कारण पानी हाल्न पटक (पटक ताकेता गरिरहेको बताउनुभयो ।
धुलोले वातावरणीय असरका साथै जमिन कटिङ गरेको स्थानमा पूरा पर्खाल नलगाउँदा भूक्षयको प्रकोप बढ्ने सम्भावना रहेको स्थानीय बताउँछन् । माथितिर बस्ती मुनि सडक भएको स्थानमा अग्लो भूभाग कटिङ भएको र कटिङ भएका स्थानमा बस्ती नभए पनि ठाउँ(ठाउँमा पर्खाल लगाई दीर्घकालीनरुपले भूमिको संरक्षण गर्न सरकारी निकाय गम्भीर बन्न अनुरोध गरिएको जीवजीवे महादेव स्थानका चिरञ्जीवी पौडेलले बताउनुभयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
