जनस्वास्थ्य सरोकार, तौलिहवा । जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन नगर प्रमुख अजय थापाले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले नजिकै शव परीक्षण गृह नभएकाले नागरिकहरू सास्ती पाउँदै आएको बताउनुभयो । पालिकाले अस्पतालका शय्याभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको उहाँको भनाइ छ ।
स्थानीय तहले सञ्चालन गरेको यो सेवा नेपालमै पहिलो रहेको उहाँले बताउनुभयो । नागरिकको सहजताका लागि प्रत्येक वडाको स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक बिरामी चेकजाँच गर्न पठाउने नगर प्रमुख थापाले बताउनुभयो ।
अस्पताल सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद बेल्बासेले परीक्षण गृह सञ्चालनले नागरिकलाई धेरै सुविधा हुने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अमित पाण्डेले औपचारिक रूपमा सेवाको सुरुवात भएको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

