
जनस्वास्थ्य सरोकार, वीरगंज । बीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबिबिएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना एमबिबिएसमा अध्ययनरत विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।
वीरगंजको भिष्वाबाट भेडियाहीतर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई सो दुर्घटना भएको स्थानीय बासिन्दाले जनाएका छन् ।
दुर्घटनामा वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत धनुषाका सुमित यादव र बारा सुवर्णपुरका संजित यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

