
जनस्वास्थ्य सरोकार, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग सम्झौता गर्दै बालबालिकाको निःशुल्क उपचार सुरु गरेको हो ।
मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरी निःशुल्क उपचार सुरु गरेको छ ।
दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री केदार कार्कीको विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकका डा.भगवान् कोइराला, नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल लगायतले हस्ताक्षर गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अस्पताल प्रमुखहरूले सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गर्नुपर्दछ ।’
मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकाले यसमा बच्चाको उपचारको लागि जुनसुकै उपकरण बिग्रिएको अवस्थामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कोशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको बाल मृत्यु दर कोशी प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ । कुमोद अधिकारी, रेडियोनेपाल
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

