जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ प्याथोलोजिष्ट डाक्टर सुजन शर्मा रोयल कलेज अफ प्याथोलोजिष्ट अफ अष्ट्रेलेजिया प्याथोलोजी एजुकेसन आउटरिच ग्र्यान्ड २०२४ बाट सम्मानित हुनुभएको छ ।

आफ्नो काममा अव्वल डा. शर्माको चौतर्फी मूल्याङ्कनपछि सो सम्मान प्राप्त गर्नुभएको हो ।
आगामी १—३ मार्च २०२४ मा एडिलेट कन्भेन्सन सेन्टर एडिलेट साउथ अष्ट्रेलियामा हुने कार्यक्रममा डा. शर्मालाई सम्मान गरिने छ । उहाँ सो कार्यक्रममा भाग लिन जाँदै हुनुहुन्छ ।
डा. शर्माको इम्युनोफ्लोरोसेन्स र क्यान्सर डायग्नोसिसमा अतुलनीय योगदान रहेको छ । प्याथोलोजीको फरक विधामा क्विन मेडिकल सेन्टर, द युनिभर्सिटी अफ नटिंगहर्मबाट तालिम प्राप्त हुनुहुन्छ ।
डा. शर्माले ले ब्रिटिस डिभिजन अफ इन्टरनेशनल एसोसिएसन अफ प्याथोलोजीबाट २०१३ र २०१४ मा दुइपटक अवार्ड प्राप्त गरिसक्नुभएको छ । साथै उहाँ इन्टरनेशनल एसोसिएसन अफ प्याथोलोजी २०१४ बाट पनि सम्मानित हुनुभएको छ ।
डा. शर्माले कस्तुर्वा मेडिकल कलेज मनिपाल युनिभर्सिटी कस्तुर्वा इन्डियाबाट सन् २०१२ मा एमडी गर्नुभएको हो । डा. शर्मा एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) को पूर्व महासचिव हुनुहुन्छ । हाल नेपालको पहिलो नेशनल रेफरेन्स ल्याबोरेटोरीमा कार्यरत हुनुहुन्छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
