जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ प्याथोलोजिष्ट डाक्टर सुजन शर्मा रोयल कलेज अफ प्याथोलोजिष्ट अफ अष्ट्रेलेजिया प्याथोलोजी एजुकेसन आउटरिच ग्र्यान्ड २०२४ बाट सम्मानित हुनुभएको छ ।

आफ्नो काममा अव्वल डा. शर्माको चौतर्फी मूल्याङ्कनपछि सो सम्मान प्राप्त गर्नुभएको हो ।
आगामी १—३ मार्च २०२४ मा एडिलेट कन्भेन्सन सेन्टर एडिलेट साउथ अष्ट्रेलियामा हुने कार्यक्रममा डा. शर्मालाई सम्मान गरिने छ । उहाँ सो कार्यक्रममा भाग लिन जाँदै हुनुहुन्छ ।
डा. शर्माको इम्युनोफ्लोरोसेन्स र क्यान्सर डायग्नोसिसमा अतुलनीय योगदान रहेको छ । प्याथोलोजीको फरक विधामा क्विन मेडिकल सेन्टर, द युनिभर्सिटी अफ नटिंगहर्मबाट तालिम प्राप्त हुनुहुन्छ ।
डा. शर्माले ले ब्रिटिस डिभिजन अफ इन्टरनेशनल एसोसिएसन अफ प्याथोलोजीबाट २०१३ र २०१४ मा दुइपटक अवार्ड प्राप्त गरिसक्नुभएको छ । साथै उहाँ इन्टरनेशनल एसोसिएसन अफ प्याथोलोजी २०१४ बाट पनि सम्मानित हुनुभएको छ ।
डा. शर्माले कस्तुर्वा मेडिकल कलेज मनिपाल युनिभर्सिटी कस्तुर्वा इन्डियाबाट सन् २०१२ मा एमडी गर्नुभएको हो । डा. शर्मा एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) को पूर्व महासचिव हुनुहुन्छ । हाल नेपालको पहिलो नेशनल रेफरेन्स ल्याबोरेटोरीमा कार्यरत हुनुहुन्छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
