जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपाल चिकित्सक सङ्घले नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको छ ।

सङ्घले सोमबार विज्ञप्ति निकाल्दै नक्कली परिचय पत्र बनाएर सयौँ बिरामीको उपचार गर्ने नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको हो । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले नक्कली डाक्टरको आरोपमा सोमबार काठमाडौँको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरेको थियो ।
भट्टाचार्यले विगत तीन वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न पोलिक्लिनिकहरुमा नेपाल चिकित्सक सङ्घ र शिक्षण अस्पतालको नक्कली परिचय पत्र बनाएर बिरामी उपचार गर्दै आएको आरोप छ
अनुसन्धान कार्यालयका अनुसार भट्टाचार्यको साथबाट त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक सङ्घको नक्कली परिचय पत्र बरामद गरिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

