
जनसस्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रणालीबाट मुटुको धड्कन बढ्ने विरामीहरुका लागि दीर्घकालीन उपचारको सुरु गरेको छ ।
उक्त सेवा सुरु भएपछि नोवेल मेडिकल कलेजको मुटु रोग विभागमा मुटु समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ ।
नोबेलले उक्त सेवा सुरु गरेपछि मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा औषधी प्रभावकारी नहुने समस्याबाट विरामीले छुटकारा पाउन थालेका छन् ।
इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्यावले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज हुने र विरामीको अवस्थाको सही जानकारी पाइने हुन्छ । नोवेलमा टुडी म्यापिङ्ग उपलव्ध छ जसको आधारमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिन्छ ।
रोग पत्ता लागेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ । मुटुको यस्तो उपचार पद्धति काठमाडौँ बाहिर नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र छ । यो अति नै भरपर्दो प्रविधि मानिन्छ । यस प्रविधिबाट उपचार गराउँदा विरामीलाई बेहोस पार्न नपर्ने र एक दिनमात्र अस्पताल बसे पुग्ने हुन्छ । उक्त प्रविधिबाट उपचार गराएपछि एक महिनामात्रै औषधि सेवन गरे पुग्छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
