
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा खाद्य प्याकेजिङ सामग्रीमा पिफास जस्ता अत्याधिक विषाक्त रसायन पाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् ।
जनस्वास्थ्य र वातावरण प्रवद्र्धन केन्द्रले गरेको एक अनुसन्धानबाट खाद्य प्याकेजिङ सामग्रीहरूमा पिफास पाइएको र यसले प्रजनन क्षमता, भ्रूण विकास र थाइरोइड हर्मोनमा नकारात्मक प्रभाव पार्ने जनाएको हो ।
केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र शाहले विश्वभरिका १७ देशबाट ल्याइएका खाद्य प्याकेजिङको नमुनालाई चेक रिपब्लिकस्थित प्रयोगशालामा जाँच गरिएको जानकारी दिनुभयो ।
वातावरण वैज्ञानिक शाहका अनुसार भारत, अर्जेटिना, इराक, कुवेत, जोर्डन, फिलिपिन्स, ताइवान, नेपाल लगायत १७ देशबाट २३३ वटा पेपर, कार्डबोर्ड र बोटबिरुवामा आधारित खाद्य प्याकेजिङ तथा एक पटक मात्र प्रयोग गरिने प्लेट, चम्चा, कचौरा, काटाको नमुना परिक्षण गरिएको थियो ।
उक्त नमुनालाई चेक रिपब्लिकस्थित चाल्र्स युनिभर्सिटीको इन्स्टिच्युट फर इन्भाइरोमेन्टल स्टडिज, फ्याकल्टी अफ साइन्सको प्रयोगशालामा एचपीएलसी इएसआई एमएस विधिको प्रयोग गरी अत्याधिक विषाक्त पिफासको मात्रा पत्ता लगाइएको हो ।
परिक्षण गरिएका नमुना मध्ये ५४ प्रतिशतमा विषाक्त रसायन पिफास पाइएको र ३ दशमलव ३६ प्रतिशतमा ईयुको मापदण्ड भन्दा बढी पिफास रहेको वातावरण वैज्ञानिक शाहले जानकारी दिनुभयो ।
सिनेमाहलमा प्रयोग हुने माइक्रोवेभ पोपकर्न ब्यागहरू २८ नमुनामध्ये २४ मा पिफास पाइएको छ । वैज्ञानिकहरूले फास्ट फुड प्रेमीहरूलाई पिफासको सम्भावित स्वास्थ्य खतराहरूबाट सचेत हुन आग्रह गरेका छन् ।
सरकारले फास्ट फुड सप्लायर्स र स्टोरहरुले पिफास उपचारित खाद्य प्याकेजिङ वस्तुहरूको प्रयोग तत्काल बन्द गर्नुपर्ने र उत्पादन, बिक्री वितरण र प्रयोग भइरहेका सामग्रीहरूमा अनुगमन तथा नियमन गर्नुपर्ने जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले माग गरेको छ । कल्पना दाहाल, रेडियोनेपाल
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
