
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन सुरु गरेको थियो ।
छानविनको क्रममा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क प्याड वितरणका लागि विनियोजन भएको बजेट अपचलन गरिएको खुल्न आएको अख्तियारले जनाएको छ ।
अख्तियारले रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुृब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज, सप्तरी दोश्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहसमेतको मिलेमतोमा ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रा.लि. मोरङद्वारा उत्पादित प्याडलाई बद्नियतले १७ लाख ८५ हजार ९२८ रुपैयाँमा खरिद गरि ८ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचार गरिएको दाबी गरेको छ ।
अख्तियारले आरोपीहरुलाई भ्रष्टाचार बराबरको रकम विगो कायम गरि बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
