
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँके कुष्ठ रोगको उच्च जोखिममा रहेको देखिएको छ । जिल्लामा प्रत्येक बर्ष उल्लेख्य सङ्ख्यामा नयाँ बिरामी फेला परिरहेका छन् । पछिल्लो पाँच महिनामा मात्रै ३३ जना नयाँ बिरामी फेला परेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रवीन्द्रकुमार शाहले पछिल्लो समय कुष्ठ रोगबाट १४ बर्ष मुनिका बालबालिकाहरू बढी प्रभावित भएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म बाँकेमा ३३ जना नयाँ बिरामी भेटिएकोमा १३ जना १४ बर्ष मुनिका बालबालिका छन् ।
पाँच महिनाको अवधिमा फेला परेका कुष्ठ रोगका नयाँ बिरामी मध्ये नेपालगञ्जका ८, खजुराका ६, कोहलपुर र जानकीका ५र५ जना, नरैनापुरका ४, बैजनाथका ३ र डुडुवा गाउँपालिकाको २ जना रहेका छन् ।
लुम्बिनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले कुष्ठ रोगको प्रकोप दर बढिरहे पनि सरकारले यसको निवारणका लागि लगानी गर्न छोडिसकेको बताउनुभयो । कुष्ठरोगीलाई गरिने विभेद र दुर्व्यवहार उस्तै रहेको पौडेलेको भनाई छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

