
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।
त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बिमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बीमितलाई सेवा प्रवाह गर्ने तयारी छ ।
स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न गत पुस ११ गते महानगर र स्वास्थ्य बिमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । बीमितहरुका लागि प्रथम सेवा बिन्दु कामपाको स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत गरिने भए पनि रोगको प्रकृति र आवश्यकता हेरेर थप उपचार अन्य सरकारी अस्पतालमा पठाइने महानगरले जनाएको छ ।
बीमितहरुले बिमा गरेको अवधि तीन महिना पुगेपछि एक लाख बराबरको स्वास्थ्य उपचार सेवा लिन पाइने महानगरले जनाएको छ । बिमाअनुसार उपचार प्राप्त गर्नका लागि वार्षिक रु। तीन हजार पाँच सय रकम तिनुपर्नेछ । उक्त सुविधा नेपाली नागरिक जोसुकैले पनि लिन सक्ने कामपाले स्पष्ट पारेको छ ।
बिमा गरेको प्रति पाँचजनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध हुनेछ । सो बराबरको रकम बिमा बोर्डले कामपाअन्तर्गत रहेको प्रवर्द्धन केन्द्रलाई शोधभर्ना गर्नेछ ।
स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने बताइएको छ । ३२ वटै वडाका लागि बिमा दर्ता सहयोगी छनोट कार्य सम्पन्न भइसकेको छ । कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीलाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि तत्काल सुरु गर्ने कामपाको तयारी छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
