
जनस्वास्थ्य सरोकार, काठमाडौं । पत्रकार शेषकान्त पण्डितको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सबाट पीडित उहाँको उपचारको क्रममा ललितपुरको मेडिसिटी हस्पिटलमा आज बिहान ३ बजे उहाँको निधन भएको हो ।
गोरखापत्र दैनिकका उपसम्पादक पण्डित ४७ वर्षको हुनुहुन्थ्यो । उहाँ शिक्षा पत्रकार समाजको महासचिव समेत हुनुहुन्थ्यो । पण्डितको श्रीमती, एक छोरा, एक छोरी, आमा, तीन दिदी र तीन दाजु हुनुहुन्छ । तनहुँको भानु नगरपालिका १२ मा २०३३ वैशाखमा जन्मनुभएका पण्डित बुबा बद्रीप्रसाद पण्डित र आमा मनोहरीदेवी पण्डितका कान्छो छोरा हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अत्येष्टी गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

