
जनस्वास्थ्य सरोकार, गोलबजार (सिरहा) । सिरहाको लहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने भएको छ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच उक्त सम्झौता भएको हो ।
उक्र सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गर्नुभयो । एक हजार लहानवासीको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गर्ने लक्ष्य रहेको नगरप्रमुख चौधरीले बताउनुभयो ।
सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडा वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाको उपचार गरिएको नगरपालिकाले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

