
नेपाल हेल्थ न्युज, काठमाडौं । अब मुलुक कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुन थालेको छ । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकलगायतका स्वास्थ्यकर्मी सक्षम भएका छन् ।
मुलुकमै पहिलोपटक त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ कलेजो प्रत्योपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीसहितको नेपाली टिमले सफल कलेजो प्रत्यारोपण गरेपछि यो प्रमाणित भएको हो ।
यसअघि विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिदै आएको थियो । २० दिन अघि नेपाली चिकित्सकसहितको टिमले कलेजो प्रत्यारोपण गरेको थियो । यो सफल होला कि नहोला भनेर समाचार बाहिर ल्याइएको थिएन । 'बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि समाचार बाहिर ल्याएका छौं'- डा. भण्डारीले जानकारी गराउनुभयो । गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजोको प्रत्यारोपण गरिएको थियो । उनलाई ४० वर्षकी श्रीमतीले कलेजो दान गरेकी थिइन् । ति पुरुषको अत्यधिक रक्सी सेवनका कारण कलेजो बिग्रिएको थियो ।
करिब २० दिनको प्रत्यक्ष निगरानीमा राखेर १८ माघमा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेका छौं डा. भण्डारीले बताउनुभयो । यसअघि विदेशी चिकित्सकको सहयोगमा डा. भण्डारीसहितको स्वास्थ्यकर्मीको टिमले १० वटा सफल कलेजो प्रत्यारोपण गरिसकेको छ । नेपाली चिकित्सकसहितको स्वास्थ्यकर्मीले गरेको यस पटकको कलेजो प्रत्यारोपण ११ औं हो ।

झापाकी रोजिना दाहालः महाराजगञ्जबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तहमा टपर
सोमबार, असार २, २०८२
मञ्चको गीतबाट अस्पतालको शैयासम्मः चर्चित गायिका रचना रिमालको जीवनका कठिन पल
सोमबार, असार २, २०८२