
नेपाल हेल्थ न्युज, काठमाडौं । अब मुलुक कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुन थालेको छ । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकलगायतका स्वास्थ्यकर्मी सक्षम भएका छन् ।
मुलुकमै पहिलोपटक त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ कलेजो प्रत्योपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीसहितको नेपाली टिमले सफल कलेजो प्रत्यारोपण गरेपछि यो प्रमाणित भएको हो ।
यसअघि विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिदै आएको थियो । २० दिन अघि नेपाली चिकित्सकसहितको टिमले कलेजो प्रत्यारोपण गरेको थियो । यो सफल होला कि नहोला भनेर समाचार बाहिर ल्याइएको थिएन । 'बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि समाचार बाहिर ल्याएका छौं'- डा. भण्डारीले जानकारी गराउनुभयो । गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजोको प्रत्यारोपण गरिएको थियो । उनलाई ४० वर्षकी श्रीमतीले कलेजो दान गरेकी थिइन् । ति पुरुषको अत्यधिक रक्सी सेवनका कारण कलेजो बिग्रिएको थियो ।
करिब २० दिनको प्रत्यक्ष निगरानीमा राखेर १८ माघमा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेका छौं डा. भण्डारीले बताउनुभयो । यसअघि विदेशी चिकित्सकको सहयोगमा डा. भण्डारीसहितको स्वास्थ्यकर्मीको टिमले १० वटा सफल कलेजो प्रत्यारोपण गरिसकेको छ । नेपाली चिकित्सकसहितको स्वास्थ्यकर्मीले गरेको यस पटकको कलेजो प्रत्यारोपण ११ औं हो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

