
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्सिङ लाइसेन्स परीक्षा आगामी चैत ३ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले आज एक सूचना जारी गर्दै लाइसेन्स परीक्षाका लागि माघ २१ देखि एक महिनासम्म अनलाइन फारम लिने जनाएको छ ।
तोकिएको अवधीमा फारम भर्न छुटेमा आगामी २२ फागुन देखि २४ फागुन अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम भर्न सकिने सुचनामा उल्लेख गरेको छ ।
परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ उत्तीर्ण भएकाहरु यो परीक्षामा सहभागी हुन पाउने बताएको छ ।
परिषद्ले परीक्षाका लागि नियमित दस्तुर ३१०० रुपैयाँ तोकेको छ । तर दोब्बर दस्तुर तिर्ने अवस्था आएमा ६१०० रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।
लाइसेन्स परीक्षाको लिखितमा १५० पूर्णाङ्कको १५० वटा प्रश्नहरु सोधिने र उत्तीर्ण हुनका लागि ५० प्रतिशत अंक ल्याउनु पर्ने परिषद्ले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

