
जनस्वास्थ्य सरोकार, ललितपुर । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिनुभयो।
अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा. डा. श्रेष्ठले भन्नुभयो, “आँखा जाँच गरिएकामध्य चार सय कैदीबन्दीमा दृष्टिदोषको समस्या देखिएको छ भने नौ जना मोतिविन्दुका बिरामी भेटिएका छन्” । उहाँका अनुसार एक सय ४८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका नौ जना मोतिविन्दुका बिरामीलाई शल्यक्रियाको सेवा पनि निःशुल्क उपलब्ध गराइने छ ।
“सामान्यत वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दी वर्षौंदेखि आँखा उपचारको पँहुचबाट टाढा रहेको थाहा पाएपछि उनीहरुलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ”, प्रा. डा. श्रेष्ठले भन्नुभयो ।
प्रोफेसनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्राडा श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
