
जनस्वास्थ्य सरोकार, सङ्खुवासभा । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो । दुवैजनालाई काठमाडौँ लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ ।
गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिनुभयो। त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२