
नेपाल हेल्थ न्युज, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ लुमाकी २८ बर्षीया गर्भवती सुकिली सार्कीको मृत्यु भएको छ।
सुत्केरी व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा आएकी गर्भवती सार्कीको अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने भएको र त्यो कोल्टिमा सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार कोल्टीबाट सुर्खेत उद्धार गरिएको थियो।
कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्याइए लगत्तै अप्रेसनद्वारा २ वटा मृतक शिशुको जन्म दिएकी सार्कीको होस नखुलेपछि आज बिहान ५ बजे कर्णाली प्रादेशिक अस्पताल सुर्खेत काला गाउँमा निधन भएको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।
मृतक सार्कीका यसअघि एउटा छोरा र एउटी छोरी गरि २ वटा सन्तान रहेका छन् । उनको शव जगन्नाथ गाउँपालिकाको सहयोगमा सुर्खेतबाट बाजुरा ल्याइने तयारी भइरहेको छ।
बाजुरा लगायत विकट क्षेत्रमा गर्भवती तथा सुत्केरीहरूलाई उपचार हुन नसक्ने अवस्थामा सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानु पर्ने बाध्यता रहेको छ । भने समयमै उपचार नपाउँदा बाजुरा लगायत दुर्गमका आमाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ। राजेन्द्र विक, रेडियोनेपाल
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

