
जनस्वास्थ्य सरोकार, भोजपुर । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।
भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले अभियानबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षता भएको कार्यक्रममा खोप अधिकृत भरत भण्डारीले अभियानबारे जानकारी दिनुभयो ।
सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अधिकृत भण्डारीले बताउनुभयो । “बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती थपिएको छ,”– उहाँले भन्नुभयो ।
भोजपुरमा छ महिनादेखि १५ वर्ष मुनिका १२ हजार ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतेदेखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

