
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
बोर्डका कार्यकारी निर्देशक डा बसौलाले माघ २५ गते दिएको रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम अदेशका लागि छलफलमा बोलाइएको छ ।
सर्वोच्चको उक्त आदेशसँगै डा. बसौलाले पूर्ववत रुपमा पुनः जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई माघ ९ गते वर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि उहाँलाई तीन महिनाका लागि निलम्बन गरेको थियो । उहाँले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत बुधबार बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनुभएको थियो । डा. श्रेष्ठले हिजो दिउसो गएर निमित्तको कार्यभार सम्हाल्नु भएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
