नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ‘डबल स्वीच’ शल्यक्रिया सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास नै पनि भएको थिएन ।

नवलपरासीकी १४ वर्षीया बालिका सानैदेखि निलो हुने, दगुर्न नसक्ने र हालै आएर अर्धचेत हुने अवस्थाले ग्रसित थिइन् । कमजोर आर्थिक अवस्थाको कारणले परिवारले उचित उपचार गर्न सकिरहेको थिएन ।
साइटस इन्भर्सस करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रीकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको उक्त मुटुभित्र र बाहिर गरी दुई ठाउँमा रगत विपरित दिशातर्फ बगिरहेको थियो । शल्यक्रियामा पनि भित्र र बाहिर गरी दुवैतिर रगत बग्ने बाटो मिलाइएको थियो । यसैले गर्दा यो शल्यक्रियालाई ‘डबल स्वीच’ नामाकरण गरिएको हो ।
प्राविधि रुपमा सेनिङ र रेस्टेली नामक दुई छुट्टा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको मुटु साँढे ४ घण्टा पूरै बन्द गरिएको थियो भने पूरै शल्यक्रिया गर्न १० घण्टा समय लागेको थियो ।
माघ २०८० साल माघ १७ गते गरिएको उक्त शल्यक्रिया पश्चात् हाल बालिका स्वस्थ्य लाभ गरी घर फर्किन तयारीमा छिन् ।
शल्यक्रियाको नेतृत्व डा. रबीन्द्र भक्त तिमलाले गर्नुभएको थियो भने उहाँलाई डा. मनीषा अर्याल, डा. सुजन बोहराले सघाउनुभएको थियो । एनेस्थेसियामा डा. सन्दीप भण्डारी हुनुहुन्थ्यो । नेपाल सरकारको चिल्डेन्स असिस्टेन्स प्रोग्राम अन्तर्गत गरिएको उक्त शल्यक्रिया बिरामीलाई पूर्ण निःशुल्क रुपमा गरिएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

