
नेपाल हेल्थ न्युज, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापनसँग ६ बुँदे सहमति भएपछि विद्यार्थी तथा कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
नियमित वृत्ति विकासको माग गर्दै आन्दोलनरत शिक्षक तथा कर्मचारी र पठनपाठन नियमित हुनुपर्ने मागसहित रिले अनसनमा रहेका विद्यार्थी तथा प्रतिष्ठान व्यवस्थापनबीच आज गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।
सहमतिअनुसार २०७९ पुस २० तथा २०७९ माघ २५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापनबमोजिम सुरु भई स्थगित रहेको अन्तर्वाता आगामी फागुन ११ गतेदेखि सुरु गरी तालिकाबमोजिम नै सम्पन्न गर्न प्रतिष्ठान सहमत भएको छ । नतिजा अन्तवार्ता समाप्त भएको मितिले १ साताभित्र प्रकाशित गरिनेछ ।
यस्तै, आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीप्रति प्रतिष्ठान व्यवस्थापन पक्षले कुनै कारबाही नगर्ने, कानुनी झमेला आइपरे प्रतिष्ठानले आवश्यक सहयोग गर्ने र भविष्यमा पठनपाठनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता पनि दुवै पक्षले जनाएका छन् ।
आन्दोलन अन्त्य गरी शिक्षकरकर्मचारी काममा फर्कने र विद्यार्थी नियमित पठनपाठनमा सहभागी हुने सहमति आज भएको हो ।
।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

