
नेपाल हेल्थ न्युज, सल्यान । सल्यानका १९ हजार बालबालिकालाई दादुरा(रुबेला विरुद्धका खोप लगाइने भएको छ । ९ महिना देखि ५ वर्ष सम्मका १९ हजार ४ सय ३४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
फागुन १० देखि १४ गतेसम्म पहिलो चरण र १८ गते देखि २२ गते दोस्रो चरणमा गरी २ चरणमा खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा फागुन १० गते देखि १४ गते सम्म दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिका बाहेक ७ पालिकामा खोप सञ्चालन गरिनेछ भने बाँकी ३ पालिकामा १८ गते देखि २२ गतेसम्म खोप सञ्चालन गरिने छ । नियमित खोप लगाउन छुटेका बालबालिका पनि नछुटुन् भनेर पहिलो र दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिएको बताउनु भयो । खोप सञ्चालनको लागि जिल्लाका १० पालिकाका विभिन्न स्थानमा ५ सय ५४ वटा खोप केन्द्र तोकिएको जनस्वास्थ्य अधिकृत रिजालले बताउनुभयो ।
सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुबेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य कार्यालय सल्यानले आवश्यक तयारी थालेको छ ।
बालबालिका पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा–रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न सबैले सहयोग गर्नुपर्ने स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर अभिषेक सिंहले बताउनुभयो । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले धेरै जनासम्मलाई सार्न सक्ने बताउनु भयो । दादुरा रुवेला विरुद्ध खोप लगाउँदा अपाङ्गता र मृत्युदरलाई गर्न, विभिन्न रोगहरूको निवारण र उन्मुलन गर्ने निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर सिंहले बताउनुभयो । रेडियोनेपाल
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

