
नेपाल हेल्थ न्युज, नारायणगढ (चितवन) । विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ ।
मौसमी ‘फ्लु’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो । अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो ।
विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । फ्लु लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने खोकी लाग्ने लगायतका लक्षण देखिने गरेको उहाँले बताउनुभयो । फ्लुको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्ने गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “¥यापिट परीक्षण यहीबाट हुने भए पनि अन्य परीक्षण भने राष्ट्रिय प्रयोगशाला पठाउने गरिएको छ ।” मानव शरीरमा इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ हुने गरेको भन्दै उहाँले अहिले अत्यधिक मात्रामा इन्फ्लूएन्जा ए बढी देखिएको उहाँले बताउनुभयो । यो भाइरसका कारण हुने भएकाले आराम गर्ने, पानी धेरै खाने, सामान्य सिटामोलको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
पाँच वर्षभन्दा मुनिका बच्चा र ६० वर्ष भन्दामाथिका वृद्धवृद्धामा बढी यो समस्या देखिने उहाँले जानकारी दिनुभयो । “मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई निमोनिय बनाउने, श्वासप्रश्वासमा समस्या बनाउने जस्ता लक्षण देखिने हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यस्तो अवस्थामा बिरामीलाई भर्ना गरेर औषधि दिनुपर्ने हुनसक्छ ।”
तातोपानी, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने, आराम गर्ने, चिसोबाट बच्ने, पौष्टिक तत्त्व सेवन गर्ने लगायतका उपाय अपनाएमा इन्फ्लूएन्जाबाट बच्न सकिने डा पौडेलले बताउनुभयो । सावधानीका लागि सामाजिक दुरी कायम गर्न सके उत्तम हुने उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन उहाँको सुझाव छ । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
