
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित सञ्जीवनी इमेजिङ हाउसमा अत्याधुनिक थ्री टेस्ला एमआर सेवा शुरु भएको छ । विगत् दुई वर्षदेखि प्रयोगशाला, सिटी स्क्यान र अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आइरहेको सञ्जीवनी इमेजिङले नवीनतम प्रविधिमा आधारित थ्री टेस्ला एमआरआई हालै सञ्चालनमा ल्याएको हो ।
‘हाल सञ्चालित थ्री टेस्ला एमआरआई मेसिन उच्च प्रविधिमा आधारित छ । रोग पहिचान गर्न निकै सहज छ ।’— सञ्जीवनीका सञ्चालक दुश्यान्त कुमार बस्नेत भन्नुहुन्छ । गुणस्तर र गतिमा क्रान्तिकारी सफलता प्राप्त फिलिप्स कम्पनिको इन्जिनिया एलिसन थ्री टेस्ला एमआरआई सबैभन्दा शक्तिशाली मानिन्छ ।
सस्तो, सुलभ र उच्च गुणस्तरीय एमआरआई सेवा दिने उद्देश्यले सेवा शुरु गरिएको सञ्चालक बस्नेतले नेपाल हेल्थ न्युजलाई जानकारी गराउनुभयो । यहाँ नेपालकै पहिलो डीएम इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुँयालबाट एमआरआईको रिपोर्टिङ हुन्छ ।

एमआरआइ चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि हो । मुख्यतया स्नायु, मेरुदण्ड, हाडजोर्नी सम्बन्धी रोग पत्ता लगाउन बढी प्रयोग हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडजोर्नीको संक्रमण, दिमाग र मेरुदण्डको ट्यूमरको जाँच र उपचारका लागि एमआरआई सेवा निकै महत्वपूर्ण मानिन्छ ।
एमआरआईले नरम तन्तुहरु स्पष्टसँग देखाउँछ । साथै अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्या स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातुहरु, मोबाइल, फोन, घडि, क्रेडिट कार्ड तथा बिद्युतीय उपकरणहरु लैजान भने मिल्दैन ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

