नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको अत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरुको माग गरेको हो ।

कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ ।
यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णय अनुसार चिकित्सकहरु माग गरिएको हो ।
योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

